१३ चैत, काठमाडौं । गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलन घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक भएपछि चौतर्फि आलोचना भइरहेको छ । यसैक्रममा संविधानविद् डा.भिमार्जुन आचार्यले प्रतिवेदनमाथी टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमा उनले उक्त प्रतिवेदन गाईको बारेमा लेख्न भनेकोमा गधाको बारेमा लेखेजस्तो भएको उल्लेख गरेका छन् ।
भदौ २३ र २४ को त्यति संवेदनशील अपराध र देशद्रोहलाई पुरै विषयान्तर गरी त्यो केही पनि होइन र त्यसदिन खास केही भएकै थिएन जस्तरी प्रतिवेदन बनाएको उनको टिप्पणी छ। आचार्यले प्रतिवेदन जेनजी आन्दोलनका बिध्वंशकारी योजना र संलग्नहरुको चाहना बमोजिम भएको दाबी समेत गरेका छन् ।
साथै जनताको करबाट पालिने राज्यका पदाधिकारी देश र जनताका भन्दा पनि अरूका सेवक जस्ता भएको उनले आरोप समेत लगाएका छन् ।






