समाचार

सम्पत्ति शुद्धीकरण छानबिन: व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा

१७ चैत, काठमाडौं । अध्यागमन विभागले व्यवसायी दीपक भट्ट लाई कालोसूचीमा राखेको छ। उनीमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा छानबिन भइरहेकाले यस्तो निर्णय गरिएको स्रोतले जनाएको छ।

भट्टको नाम यसअघि पनि विभिन्न विवादमा आउने गरेको थियो। विशेषगरी ठूला ठेक्का तथा सरकारी खरिद प्रक्रियामा बिचौलियाको भूमिका खेलेको आरोप उनीमाथि लाग्दै आएको छ।

राजनीतिक व्यक्तिहरूसँग पहुँच प्रयोग गरी ‘सेटिङ’ मिलाएर स्वार्थअनुसार काम गराउने गरेको आरोपसमेत उनीमाथि लाग्ने गरेको छ। यद्यपि, यस विषयमा औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

हाल उनीमाथि भइरहेको छानबिनले आगामी दिनमा थप तथ्य बाहिर आउने अपेक्षा गरिएको छ।