समाचार

संघीय मामिला मन्त्रालयले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटायो

१९ चैत, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ।

मन्त्रालयले बिहीबार निर्णय गर्दै नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका कर्मचारीहरूलाई रिक्त स्थानमा खटाएको हो।

जिम्मेवारीमा खटाइएका कर्मचारी अधिकांश विभिन्न मन्त्रालयमा कार्यरत थिए। नयाँ सरकारको कार्यभार सम्हालेसँगै मन्त्री प्रतिभा रावलले रिक्त स्थान भर्ने क्रममा प्रमुख प्रशासकीय अधिकृतहरू खटाउन सुरु गरेकी छन्।

यसअघि विभिन्न जिल्लामा समन्वय समिति र नगरपालिकामा ६३ जना प्रमुख प्रशासकीय अधिकृत खटाइसकिएको थियो। बिहीबार खटाइएका ७८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूले अब स्थानीय प्रशासनलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।