२१ चैत, काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक ले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा भोलि (आइतबार) सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालत स्रोतका अनुसार यसअघि अदालतले जारी गरेको कारण देखाउ आदेशपछि विपक्षी सरकार पक्षबाट लिखित जवाफ प्राप्त भइसकेको छ। सबै प्रक्रिया पूरा भएकाले अब दुवै रिट पेसीमा चढ्ने र सुनुवाइ अघि बढ्नेछ।
जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोग को प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते ओली र लेखकलाई पक्राउ गरेको थियो।
उक्त पक्राउ गैरकानुनी भएको दाबी गर्दै दुवै नेताले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए। त्यसपछि चैत १६ गते छुट्टाछुट्टै इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो।
अब सरकारको लिखित जवाफ आइसकेपछि मुद्दा सुनुवाइको चरणमा प्रवेश गरेको छ।





