३० चैत, काठमाडौं । प्रतिनिधिसभाका सांसद तथा श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन शाह नेतृत्वको सरकारका मन्त्रीहरुको सार्वजनिक सम्पत्ति विवरणको श्रोत खुलाउन माग गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत साम्पाङले श्रोत बिनाको सम्पत्ति भ्रष्टाचार ठहरीने भन्दै श्रोत प्रष्टाइदिन आग्रह गरेका हुन् । उनले लेखेका छन् सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो ! अब त्यस्को स्रोत पनि खुलाइदिए राम्रो ! ।
मन्त्रीहरुले आइतबार सम्पत्ति सार्वजनिक गरेपछि अहिले चौतर्फि आलोचना भएको छ । बालेन शाह नेतृत्वका मन्त्रीहरुले करोडौं सम्पत्ति तथा करोडौंको गरगहना सार्वजनिक गरेपछि उनिहरुको सम्पत्ति छानबिनको माग उठ्न थालेको छ ।






