समाचार

संविधान संशोधन बहसपत्र तयारीमा कार्यदलको बैठक जारी

१० वैशाख, काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक आज पनि जारी रहेको छ। बालेन शाहका राजनीतिक सल्लाहकार असिम साहको संयोजकत्वमा रहेको कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक गरिरहेको हो।

कार्यदलले संविधान संशोधनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्दै बहसपत्रलाई अन्तिम रूप दिने तयारी गरिरहेको छ। उक्त बहसपत्र तयार भएपछि सरकारसमक्ष पेस गरिने जनाइएको छ।

संविधान संशोधनको प्रक्रिया अघि बढाउने उद्देश्यसहित गठित यो कार्यदलले सरोकारवाला पक्षका धारणा समेट्दै समग्र विषयलाई व्यवस्थित ढंगले अघि बढाउने अपेक्षा गरिएको छ।