सामाजिक सञ्जाल

श्रीमती र शोभाबीचको झडपपछि महेश बस्नेतले भने: श्रीमतीमाथी हातपात गर्नेलाइ सरकारले कारबाही नगरे सशक्त प्रतिरोध हुन्छ

महेश बस्नेत

१४ वैशाख, काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले श्रीमती र शोभ बीचको झडपपछि भनेका छन्, ‘मेरी श्रीमतीमाथि केटाहरुले समेत माइतीघरमा हातपात भयो, सरकारले कारबाही नगरे सशक्त प्रतिरोध हुन्छ’

उनले  सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘मेरो र हाम्रो परिवारमाथि गरिएको साइबर अपराधविरुद्ध उजुरी दिन साइबर ब्युरो जाने क्रममा माइतीघर क्षेत्रमा भएको भिडभाड झ्यालबाट हेर्दै गर्दा त्यहाँ उपस्थित केही व्यक्तिहरू केटा मान्छेले समेत मेरो श्रीमती सहित केही महिलालाई गालीगलौज गर्नुका साथै हातपात समेत गरेका छन्।’

उनले थपे, ‘उल्टै, मेरो श्रीमतीसहित आठ जनालाई  प्रहरीले गिरफ्तार गरेको भन्दै यस घटनालाई केही सञ्चार माध्यमहरूले गलत ढङ्गले प्रस्तुत गर्दै भ्रामक प्रचार गरिरहेका छन्, जुन अत्यन्तै दुःखद र आपत्तिजनक छ।’

सचिव बस्नेतले भने, ‘ माइतीघर मण्डला जस्तो सार्वजनिक स्थललाई मन नपरेका व्यक्तिलाई बदनाम गर्ने र चरित्र हत्या गर्ने थलोका रूपमा प्रयोग गरिनु निन्दनीय हो।’

बलात्कारको आरोपसहित महेश बस्नेतलाई कारबाही माग गर्दै केही दिनदेखी अनशनरत शोभा पाठकको विषयमा उनले भने, ‘यस्तो संवेदनशील विषयमा सरकार मौन दर्शक बनेर बस्नु उपयुक्त हुँदैन। पीडित आफैँले न्याय खोज्नुपर्ने अवस्था सिर्जना हुनु, उल्टै उनीहरूमाथि हातपात हुनु र गिरफ्तार गरिनु कुनै पनि लोकतान्त्रिक समाजका लागि राम्रो सङ्केत होइन। सम्बन्धित निकायले यस विषयमा गम्भीर ध्यान दिई निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नु आवश्यक छ। अन्यथा, सशक्त प्रतिरोध गरिनेछ।’