कृषि

कालीमाटीमा नेपाली गोलभेँडाको मूल्य ६५ हुँदा भारतीयको १०५ रुपैयाँ

१५ बैशाख, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालीमाटीमा आज भन्टा, च्याउ, परबल, भिन्डी, कुरिलोसहितका तरकारीको भाउ घटेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६५, ठूलो भारतीय गोलभेँडा १०५, सानो लोकल गोलभेँडा ६३, रातो आलु २२, भारतीय आलु २३, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर २५, लोकल बन्दा ४०, स्थानीय काउली २६, लाम्चो भन्टा ३५, डल्ले भन्टा ४५, हाइब्रिड मुला २१ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि तनेबोडी ३०, लौका २०, घिरौँला ३८, लोकल परबल ५५, हरियो डल्ले फर्सी २१, पाकेको फर्सी ५७, भिन्डी ५३, कन्य च्याउ १९०, डल्ले च्याउ ४२५, कुरिलो ४३७, न्यूरो ७५, ब्रोकाउली ६८ रुपैयाँ प्रतिकिलो छ।

कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा १०५, सानो लोकल गोलभेँडा ५९, रातो आलु २२, भारतीय आलु २३, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर २३, लोकल बन्दा ४२, स्थानीय काउली २३, लाम्चो भन्टा ४५, डल्ले भन्टा ५५, हाइब्रिड मुला २२ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि तनेबोडी ३०, लौका २०, घिरौँला ३०, लोकल परबल ६५, हरियो डल्ले फर्सी २०, पाकेको फर्सी ५७, भिन्डी ५१, कन्य च्याउ २१०, डल्ले च्याउ ४२५, कुरिलो ४५०, न्यूरो ७५, ब्रोकाउली ७५ रुपैयाँ प्रतिकिलो थियो।