समाचार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रोष्टर सूचीमा ४ हजार बढीको आवेदन

१२ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आह्वान गरेको रोष्टर सूचीमा कुल ४ हजार ३४८ जनाले आवेदन दिएका छन्।

मन्त्रालयले वैशाख ३१ गते आवेदन आह्वान गरी जेठ ६ गतेसम्म आवेदनको अन्तिम मिति तोकेको थियो ।

प्राप्त जानकारी अनुसार, आवेदन दिनेहरूमध्ये पुरुषको संख्या सबैभन्दा बढी रहेको छ।

कुल आवेदक मध्ये ३ हजार ४१४ जना पुरुष, ९ सय २१ जना महिला र १३ जना अन्य वर्गका आवेदक रहेका छन्।

मन्त्रालयले विभिन्न निकायगत आधारमा आवेदकहरूको विवरण पनि सार्वजनिक गरेको छ।

जसअनुसार, नेपाल पर्यटन बोर्डमा ८ सय ५५ जना, नेपाल नागरिक उड्डयन प्राधिकरणमा ५७८ जना र पशुपति क्षेत्र विकास कोषमा ४ सय ७६ जनाले आवेदन दिएका छन्।

अन्य निकायहरूमा लुम्बिनी क्षेत्र विकास कोषमा ४ सय ६५ जना, नेपाल प्रज्ञा प्रतिष्ठानमा ४ सय ३८ जना, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा १९६ जना, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा १८६ जना, ललितकला प्रज्ञा प्रतिष्ठानमा १६६ जना, सांस्कृतिक संस्थानमा १५१ जना, नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठानमा १४९ जना, बौद्धनाथ क्षेत्र विकास समितिमा १३४ जना, तारा गाउँ विकास समितिमा १०९ जना, बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिमा १०२ जना, हनुमानढोका दरबार संग्रहालय विकास समितिमा १०० जना, पाटन संग्रहालय विकास समितिमा ९९ जना, देवघाट क्षेत्र विकास समितिमा ९८ जना र नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा ४६ जनाले आवेदन दिएका छन्।

मन्त्रालयले प्राप्त सबै आवेदनहरूको मूल्याङ्कन समितिद्वारा अध्ययन भइरहेको जानकारी दिएको छ। थप जानकारीका लागि मन्त्रालयको फेसबुक पेज हेर्न सकिनेछ।