समाचार

कांग्रेसले बोलायो नीति प्रतिष्ठानको बैठक, यस्तो छ एजेन्डा

२५ जेठ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बोलाइएको छ।

कांग्रेस केन्द्रीय कार्यालयमा बस्ने गरी जेठ २७ गते बिहान ११ बजे प्रतिष्ठानको बैठक बोलाइएको कांग्रेसका कार्यवहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

नीति प्रतिष्ठानको बैठकका लागि चार वटा एजेन्डा तय गरिएको छ।

बैठकमा उपसमिति संयोजकहरूले अवधारणापत्र पस्तुत गर्ने भएका छन्। त्यस्तै, प्रस्तावित आन्तरिक आचारसंहितामाथि छलफल, थप उपसमितिको जिम्मेवारी तोक्ने र समसामयिक विषयमा छलफल गर्ने एजेन्डा रहेका छन्।