आर्थिक

प्रतिनिधिसभाबाट आगामी वर्षको बजेट पारित

४ असार, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। यससँगै सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक २०८३ औपचारिक रूपमा स्वीकृत भएको हो।

बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएपछि विनियोजन विधेयक सभामा प्रस्तुत गरिएको थियो।

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। सभामा भएको मतदानपछि बहुमतका आधारमा बजेट पारित भएको घोषणा गरिएको हो।

बजेट पारित भएसँगै आगामी आर्थिक वर्षका लागि विनियोजित विकास योजना, कार्यक्रम तथा खर्च संरचना कार्यान्वयनको बाटो खुलेको छ।