६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत अधिकांश प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन् ।
आज चितवनको भरतपुरमा बसेको केन्द्रीय समिति बैठकमा यसबारे जानकारी गराइएको हो ।
प्रतिनिधिबारे उपसमिति संयोजक लिमा अधिकारीले हालसम्म ३ हजार ९९० जनाले प्रतिव्यक्ति ५ हजार रुपैयाँ सहभागिता शुल्क बुझाइसकेको बैठकमा बताएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
रास्वपा महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । आइतबार (असार ७)देखि भरतपुरमा रास्वपा महाधिवेशन सुरु हुँदै छ ।





