६ असार, काठमाडौं । महाधिवेशनको पुर्वसम्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ४ वर्षमा आम नागरिकको मन जितेको दाबी गरेका छन्।
चितवनमा भएको पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै सभापति लामिछानेले मान्छेको जीवन र पार्टीको जिवनमा उतारचढाबहरू हुने बताउँदै उतारचढाबको बीचमा ४ वर्षको समय बिताएको बताए।
रविले भावुक हुँदै भने ‘यो चार वर्षमा हामीले आम नागरिकको मन जित्यौँ। नागरिकको खबरदारी नै हाम्रो मार्गदर्शन बन्यो ।
साथै लामिछानेले लोकतन्त्र र संविधानको मजबुतीका लागि आफूहरू नचुक्ने पनि बताएका छन्। संविधान बलियो बनाउनका लागि आफूहरू होसियारीका साथ लागि परेको उनको भनाइ छ।
उनले विगतमा मुलुकलाई यहाँसम्म ल्याउन भएका त्याग र बलिदानको सम्मान गर्नुपर्ने समेत बताएका छन्।
उनले महाधिवेशनमा आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन संस्थापक सभापतिको हैसियतमा आफूले गरेको भूमिकाको आम पार्टी कार्यकर्ताले मूल्यांकन गर्ने विषय रहेको बताए। उनले निष्ठा र आन्तरिक लोकतन्त्रमा कहिल्यै सम्झौता नगरेको समेत स्पष्ट पारेका छन्।
उनले होसियारीका साथ नयाँ कदम चाल्नुपर्ने बताउँदै आम नागरिकको चाहना अनुसार अघि बढ्नुपर्ने बताए।





