समाचार

पौडी खेल्ने क्रममा डुबेर सुर्खेतमा २ बालिकाको मृत्यु

७ असार, काठमाडौं । सुर्खेतमा पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालिकाको मृत्यु भएको छ । शनिबार वीरेन्द्रनगर नगरपालिका-१० पठान टोलकी अन्दाजी १४ वर्षीय सम्झना थापा र १२ वर्षकी कल्पना रावतको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुवै बालिका घर नजिकै रहेको टुनी खोलामा पौडी खेल्न गएका थिए ।

पौडी खेल्ने क्रममा डुबेका उनीहरूलाई अचेत अवस्थामा उद्धार गरी प्रदेश अस्पताल कालागाउँ पुर्‍याइएको थियो । शनिबार साँझ नै चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।