समाचार

फलामको पाइपले हानेर छोराले गरे बुवाको हत्या

२१ असमर, काठमाडौं । धादिङको गंगाजमुना गाउँपालिका-४, यार्सा टोलमा छोराको प्रहारबाट बुवाको ज्यान गएको छ।

आफ्नै छोराले फलामको पाइपले हान्दा ६० वर्षीय धननारायण सुनारको मृत्यु भएको हो।

प्रारम्भिक जानकारीअनुसार शनिबार अपराह्न घरायसी विषयमा विवाद चर्किएपछि ३५ वर्षीय सुजन सुनारले बुबालाई फलामको पाइपले हानेका थिए।

टाउकोमा गम्भीर चोट लागेका धननारायणलाई तत्काल उपचारका लागि फूलखर्क ग्रामीण अस्पताल लगिए पनि उपचारका क्रममा शनिबारै साँझ मृत्यु भएको चिकित्सकले बताएका छन्।

स्थानीय जनप्रतिनिधिका अनुसार सुजन लामो समयदेखि मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेकाे पाइएकाे छ। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल धादिङ पठाइएको छ।

घटनाको कारण र अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।