आर्थिक

वर्षौंदेखिको अनुसन्धानमा ब्रेक, सर्वोच्चले सुमार्गीलाई दियो अन्तरिम राहत

२२ असार, काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी माथि भइरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान तत्कालका लागि अघि नबढाउन अन्तरिम आदेश दिएको छ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि सुमार्गीविरुद्ध कुनै पनि अनुसन्धान वा कारबाही नगर्न आदेश दिएको हो। यससँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हालका लागि अनुसन्धान अगाडि बढाउन पाउने छैन।

सुमार्गीले वर्षौंदेखि दोहोरिँदै आएको अनुसन्धान रोक्न माग गर्दै अदालत पुगेका थिए। यद्यपि, विभागले चाहेमा यो अन्तरिम आदेश खारेज गर्न पुनः सर्वोच्च अदालतमा निवेदन दिन सक्ने कानुनी व्यवस्था रहेको छ।