२२ असार, काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपालमा घरजग्गा कारोबार उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार माघदेखि चैतसम्म करिब १ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको घरजग्गा किनबेच भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा झण्डै दोब्बर हो।
यस अवधिमा कारोबार संख्या, लिखत पारित, राजीनामा, राजस्व संकलन तथा पूँजीगत लाभकर सबैमा वृद्धि भएको छ।
प्रदेशगत रूपमा बागमती प्रदेशमा कारोबार मूल्य सबैभन्दा धेरै बढेको छ भने काठमाडौं महानगरपालिकामा घरजग्गा कारोबारको वृद्धि सबैभन्दा उच्च देखिएको राष्ट्र बैंकले जनाएको छ।





