आर्थिक

नेपालले फेरि लियो २५ अर्ब ऋण, कुन–कुन योजनामा खर्च हुँदैछ ?

२२ असार, काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले २५ अर्ब रुपैयाँ (१६ करोड ५० लाख अमेरिकी डलर) बराबरको सहुलीयतपूर्ण ऋण सम्झौता गरेको छ।

यो ऋणमध्ये ११ करोड ५० लाख डलर साना तथा मझौला शहरको खानेपानी र ढल व्यवस्थापन सुधारमा तथा ५ करोड डलर भन्सार आधुनिकीकरण र आपूर्ति व्यवस्थापन सुधार कार्यक्रममा खर्च गरिनेछ।

सरकारका अनुसार यस परियोजनाबाट १३ जिल्लाका करिब ८ लाख ५० हजार नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् भने व्यापार प्रक्रिया थप सहज, छिटो र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।