ब्रेकिङ न्युज

सर्लाहीका विवेकले किन गरे आत्मदाह प्रयास ? हेलिकप्टरबाट काठमाडौं ल्याइयो

२६ असार, सर्लाही ।  सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेका २५ वर्षीय युवक विवेक मण्डललाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका मण्डल गम्भीर घाइते भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीका अनुसार मण्डल घरबाट करिब २ सय मिटर टाढा गएर आत्मदाहको प्रयास गरेका थिए। प्रारम्भिक अनुसन्धानमा घरायसी विवादपछि उनले यस्तो कदम चालेको खुलेको प्रहरीले जनाएको छ।

घटनापछि तत्काल उद्धार गरी उपचारका लागि लगिएको थियो। उनको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।