अन्तर्राष्ट्रिय

युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री पनि नियुक्त गरिने

२९ असार, किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार सरकारको व्यापक पुनर्गठनको घोषणा गरेका छन् ।

उनले प्रधानमन्त्री युलिया स्विरिडेन्कोको प्रतिस्थापन र केही कानुन प्रवर्तन निकायका प्रमुखहरूलाई हटाउने प्रस्ताव गरेका छन् । यद्यपि उनले स्विरिडेन्कोको स्थानमा कसलाई ल्याउने भन्ने जानकारी भने दिएका छैनन् । साथै, परिवर्तनको कारण पनि खुलाएका छैनन् ।

जेलेन्स्कीले भनेका छन्, “स्विरिडेन्कोलाई उहाँको स्पष्ट, स्थिर र प्रभावकारी कामको लागि, युक्रेनको टोलीमा उहाँको वर्षौंको उत्पादक सेवा र मुख्य साझेदारसँगको नयाँ तथा महत्त्वपूर्ण क्षेत्रको नेतृत्व गर्ने अवसर प्रस्ताव गरेको छु ।”

लबदष्
िउनले भने, “म आशा गर्दछु,सांसदहरूसँग मिलेर हामी युक्रेन सरकारमा सम्बन्धित परिवर्तन गर्नेछौँ । कानुन प्रवर्तन निकायका प्रमुखहरूमा पनि परिवर्तन हुनेछ ।”

जेलेन्स्कीले गत वर्ष स्विरिडेन्कोलाई प्रधानमन्त्रीको पदमा नियुक्त गरेका थिए । एक्समा जारी विज्ञप्तिमा जेलेन्स्कीले युक्रेनले गर्नुपर्ने केही महत्वपूर्ण कार्यहरू उल्लेख गरेका छन् । यसमध्ये युरोपेली सङ्घमा सामेल हुने प्रगति र सीमा क्षेत्रलाई बलियो बनाउने उल्लेख छ ।

उनले विदेश नीतिका विभिन्न क्षेत्रहरू व्यवस्थापन गर्न फरक–फरक व्यक्तिहरूलाई जिम्मेवारी दिने योजना बनाएको पनि बताए । “हामीले यी परिवर्तनहरूका लागि मन्त्रिपरिषद्को नवीकरण आवश्यक ठान्दै यसलाई पुर्नगठन गरेका छौँ,” जेलेन्स्कीले भनेका छन् ।

मन्त्रिपरिषद् पुनर्गठनका लागि संसदको अनुमति आवश्यक पर्छ । तर रूसको आक्रमणपछि सांसदहरू ठूलो रूपमा जेलेन्स्कीको वरिपरि गोलबद्ध भएका छन् र सामान्यतया उनको एजेन्डालाई रोक्दैनन् ।