३१ असार, काठमाडौँ । सिंहदरबारको निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहित जनालाई पक्राउ गरेको छ ।
सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडिबाट प्रहरीले आज उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष धामीसहित निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय कमिटी सचिव सुदीप थापा र सीटीईभीटी सदस्य सिरिस बुढाथोकी रहेका छन् ।
निषेधित क्षेत्र तोडेर प्रदर्शन र नाराबाजी गर्न खोजेपछि उनीहरूलाई सुरक्षाका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।





