६ साउन, काठमाडौं । आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । हिजो मंगलबारको तुलनामा सुन तोलामा ५ हजार ४०० र चाँदी ११० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ४८० निर्धारण भएको छ ।
हिजो प्रतितोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ३७० निर्धारण भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा बुधबार एक औँस सुन चार हजार १३९ र चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।





