ब्रेकिङ न्युज

वाग्मतीमा एमालेका मन्त्रीहरूले दिए सामुहिक राजीनामा

६ साउन, काठमाडौं । वाग्मती प्रदेश सरकारबाट नेकपा एमाले आउट भएको छ ।

दलका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले पदबाट संयुक्त रूपमा राजीनामा दिएको नेता जगन्नाथ थपलियाले जानकारी दिएका छन्।

“नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नेपाल कम्युनिस्ट पार्टी ९एमाले०को निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै आजकै मितिदेखि लागु हुने गरी हाम्रो दलका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले पदबाट संयुक्त रूपमा राजीनामा दिएका छन्,” संयुक्त राजीनामा पत्रमा भनिएको छ, “उक्त राजीनामा स्वीकार गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अगाडि बढाइदिनुहुन अनुरोध गर्दछु ।”

एमालेका मन्त्रीहरूले संयुक्त राजीनामा दिएसँगै वाग्मती प्रदेश सरकार अल्पमतमा परेको छ ।