६ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सभापति गगन कुमार थापालाई साउन अन्तिमसम्मको अल्टिमेटम दिएका छन् ।
इ तर पक्षले काठमाडौंमा गरेको भेलालाई सम्बोधन गर्दै साउन अन्तिम सम्ममा कुनै सहमति नभए नयाँ कार्यदिशामा जाने चेतावनी उनको छ।
उनले गगन थापालाई सभापति मान्दा पनि एकता जोगाउन नचाहेको आरोप लगाएका छन्। सभापति थापामा नेतृत्व गर्ने क्षमता नै नभएको जिकिर ।
पार्टीलाई निर्वाचन आयोग र सर्वोच्च अदालतको आदेशमा विभाजित गरिएको आरोप समेत लगाएका छन्।
पार्टीको आधिकारिकता सम्बन्धी विवादमा आयोगको निर्णय असंवैधानिक भएको दाबी गरे।
विशेष महाधिवेशनले पार्टी विभाजन भएपछि आफूहरुले एकताको प्रयास गरिरहेको बताए। उनले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति मर्ज, १५ औं महाधिवेशन निष्पक्षताको आधारमा गर्नेलगायतको आफूहरुले माग राखेको बताए।





