ब्रेकिङ न्युज

बरु मर्न तयार छौं, गगनकाे अगाडि समर्पण गरिदैन : पूर्णबहादुर खड्का

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापासँग कुनै पनि हालतमा समर्पण नगर्ने अडान लिएका छन्।

प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बरु मर्न तयार भएको तर समर्पण नगर्ने बताएका हुन्।

उनले आफूहरू कोही पनि निष्क्रिय नबस्ने चेतावनी समेत दिएका छन्।

खड्काले आफूहरूलाई पदको आकांक्षा नरहेको भन्दै एकता गर्नमात्र चाहेको बताएका छन्।

उनले गिरिजाप्रसाद कोइरालाले नचाहेसम्म जसरी पार्टी एकता हुन सकेको थिएन, त्यसरी नै गगन थापाले नचाहेसम्म एकता सम्भव नरहेको बताए।

निवर्तमान कार्यवाहक सभापति खड्काले यतिबेला २०३८ सालभन्दा सयौं गुणा बढी नेपालको राष्ट्रियता संकट रहेको बताए।