अन्तर्राष्ट्रिय

भारतका सामाजिक अभियन्तासोनम वाङचुकले तोडे अनशन

८ साउन, नयाँदिल्ली । सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनपछि आमरण अनशन तोडेका छन्।

उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै केन्द्रीय मन्त्री जे.पी.नड्डा, जितेन्द्र सिंह तथा लेहलद्दाखको एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा आफूले अनशन तोडेको जानकारी दिएका हुन्।

वाङचुकले लेखेका छन्,‘यसअघि विभिन्न राजनीतिक दलका ६५ सांसदहरूले पत्र लेखेर मलाई अनशन अन्त्य गर्न आग्रह गरेका थिए।’

उनका अनुसार लामो छलफल, केही सर्तहरूमा भएको सहमति तथा देशमा सम्भावित हिंसाको जोखिमलाई ध्यानमा राख्दै उनले अनशन अन्त्य गर्ने निर्णय गरेका हुन्।

उनले थप लेखेका छन्,‘यी सर्तहरूबारे म छिट्टै छुट्टै भिडियोमार्फत विस्तृत जानकारी दिनेछु। यसबीच, म सबैसँग जहाँसुकै कुनै पनि प्रकारको हिंसा हुन नदिन र यसप्रति अत्यन्त सचेत रहन हार्दिक अपिल गर्दछु।’

प्रश्नपत्र बाहिरिएको विरोधमा विद्यार्थीहरू विगत एक महिनादेखि जन्तरमन्तरमा प्रदर्शन गर्दै आएका छन्।

प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरेका थिए। यही मागको समर्थनमा सोनम वाङचुक विगत २६ दिनदेखि आमरण अनशनमा बसेका थिए।

प्रधानले राजीनामा दिइसकेका छन् ।