राजनीति

महामन्त्री कोईरालाको ठोकुवाः अबको पार्टी सभापती म नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले अबको पार्टी सभापती आफू नै भएको अप्रत्यक्ष रुपले दाबी गरेका छन् । आईतबार बुटवलमा पार्टी कार्यकर्ताहरुसँगको भेटघाटमा महामन्त्री कोईरालाले कांग्रेसमा कोईराला परिवारको ठूलो लगानि रहेको बताउदैँ अबको पार्टी नेतृत्व पनि कोईराला परिवारले नै गर्ने ठोकुवा गरेका हुन् ।

आफू, शेखर कोईराला र सुजाता कोईराला मध्ये एकजनाले पार्टीको कमाण्ड सम्हाल्ने बताए । “मभन्दा शेखर दा सिनियर हुनहुन्छ । हामी सल्लाह गर्छौ ।, उनले भने, सुजता दिदीसँग पनि सल्लाह गरेर तीनमध्ये एक सभापति हुन्छौँ ।”

त्यसैले अबको महाधिवेसनमा कोईराला परिवारले दाबी गर्नु स्वभाविक भएको उनले जिकिर गरे । “नेता कार्यकर्ताको पनि कोईराला परिवारबाटै नेतृत्व भएको हेर्ने ईच्छा चाहना छ, कोईरालाले अघि भने, मैले देशदौडाहाका क्रममा यस्तो पाएको छु”

यस्तै, महामन्त्री कोईरालाले आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने ठोकुवा गरेका छन् । कांग्रेसको विवाद अन्त्य भएको बताउँदैँ डा. कोईरालाले पार्टी अब नयाँ रणनीति बनाएर अगाडी बढ्ने बताए । कांग्रेसभित्रका रहेका गुटउपगुट अन्त्य गर्नुपर्ने बताए ।

महामन्त्री कोईरालाले बर्तमान सरकार संघीयताको मर्म विपरित चलिरहेको गम्भीर आरोप लगाएका छन् ।