आर्थिक

एनएमबि बैक कलंगागड हाईड्रोको मुख्य लगानीकर्ता हुने

सुर्यखबर सँबाददाता,
काठ्माण्डौ । एनएमबि बैक लिमिटेड १५.३३ मेघावाटको कलंगागड हाईड्रोको मुख्य लगानीकत्र्ता हुने भएको छ । बझाङ्ग जिल्लाको सुकुन्दा, बाझ र खैराटाडीं गा.वि.स मा निमार्ण हुन लागेको जलबिद्युत आयोजनामा एनएमबि बैकको अगुवाई रहनेछ भने, सह—वित्तीयकरणमा ऋण लगानी एन. आई. सि. एसिया बैक, सिभिल बैक, जनता बैक नेपाल, देब बिकास बैक, तथा ज्योति बिकास बैकको समेत रहने एनएमबि बैंकले जनाएको छ ।
१५.३३ मेघावाट क्षमता भएको कलंगागड जलबिद्युत आयोजनाको कुल लागत रु २.८ अर्वको रहनेछ भने कुल ऋणरु २.१० अर्व रहनेछ । यो ऋण सम्झैतामा हस्ताक्षर गरे लगत्तै एनएमबि बैक जलबिद्युत आयोजनाहरुमा लगानी गर्ने अग्रणी बैक भएको छ ।