खेलकुद

भारतसहित १० राष्ट्रलाई हराउँदै नेपालको शिर उचो राख्ने नेपाली यीनै हुन्

काठमाडौँ– नेपालका महेश्वर महर्जनले शारीरिक सुगठनको ५० औँ एसियन च्याम्पियनसिपको उपाधि जितेका छन् ।

भुटानमा भएको प्रतियोगिताअन्तर्गत ७५ केजी तौल समूहमा महर्जनले १० देशका प्रतिस्पर्धीलाई उछिन्दै प्रथम भएका हुन् ।

सो स्पर्धामा भारत दोस्रो, अफगानिस्तान तेस्रो, मलेसिया चौथो र थाइल्यान्डका खेलाडी पाँचौँ भएका थिए । उक्त प्रतियोगितामा विभिन्न स्पर्धामा २८ राष्ट्रका खेलाडीले भाग लिएका थिए ।