आर्थिक

सन्राइज अभिमुखिकरण कार्यक्रम सम्पन्न

सुर्यखबर सँबाददाता,

काठमाडौं । सन्राइज बैंक लिमिटेडले आधारभूत कर तथा लेखा नीति सम्बन्धी तेस्रो अभिमुखिकरण कार्यक्रमको सम्पन्न गरेको छ । बैंकको तिनकुने, शंखमूल र शंखमूल–२ गरी तीन वटा शाखाहरूले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रमको समुद्घाटन बैंकका सहायक महाप्रबन्धक श्री रबिन कुमार नेपालले गरेका थिए ।
कार्यक्रमले परम्परागत रुपमा प्रदान गर्दै आएका वित्तिय सेवाहरुमा मात्र सीमित नरहेर आधुनिक सूचना प्रविधिको विकास संगसंगै व्यवसाय संचालममा पर्न सक्ने समस्याहरु र व्यवसाय संचालन पूर्व अपनाउनुपर्ने सामान्य विधिहरुको साथै व्यवसायलाई अपेक्षित रुपमा बृद्धि गर्नु उद्यमीको प्रमुख चुनौतीे रहेको परिवेश र यथार्थलाई मध्यनजर राख्दै बैंकले आफ्ना गा्रहक वर्गमा वित्तीय परामर्श पु¥याउने हेतुले क्गलचष्कभ द्यबलप ब्मखष्कयचथ ऋभिि को स्थापना गरी आफ्ना क्रियाकलापलाई देशव्यापी रुपमा रहेका शाखा संजाल मार्फत विद्यमान ग्राहकवर्ग तथा समग्र साना तथा मझौला उद्यमीहरु समक्ष पु¥याउने उद्देश्यका साथ अगाडि बढेको कुरा श्री रबिन कुमार नेपालले जानकारी गराएका थिए ।

यस बैंक “हामी संग संगै” भन्ने मूल नाराका साथ अगाडि बढिरहेको अवस्थामा आफ्ना ग्राहकहरुलाई “आधारभूत कर तथा लेखा नीति” सम्बन्धि जानकारी दिने उद्देश्यले आफ्ना क्रियाकलापहरूको शुरुवात गरी भविष्यमा अझ सशक्त भूमिका निर्वाह गरी थप कार्यक्रमहरु संचालनमा ल्याउने प्रतिबद्घता व्यक्त गरेको छ । बैंकले विशुद्ध रुपमा नाफामूलक क्रियाकलापमा मात्र आफ्ना गतिविधिहरुलाई सीमित नराखी संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० वहन गर्ने अभिप्रायले यस्ता कार्यक्रमको तर्जुमा गर्न गईरहेको जानकारी गराएको छ ।