आर्थिक

बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक काफ्लेद्वारा मन्त्रीको दबाबमा राजीनामा

सुर्यखबर सँबाददाता,
काठ्माण्डौ । प्राधिकरणका प्रबन्ध निर्देशक मुकेश काफ्लेले राजीनामा दिएका छन् । नेपाली काँग्रेसका महाधिवेसन प्रतिनिधि समेत रहेका भनिएका काफ्ले स्व. शुसील कोईराला प्रधानमन्त्री हुँदा राजनीतिक नियुक्ती नभई प्रतिश्पर्धाका आधारमा बिद्युत प्राधिकरणको प्रबन्ध निर्देशक भएका थिए ।
नेकपा माओबादी केन्द्रको तर्फबाट मन्त्री बनेका उर्जामन्त्री जनार्दन शर्माको ब्यापक दबाबमा काफ्लेले राजीनामा दिएको स्रोतको दाबी छ । काफ्लेले शुक्रबार माओबादी कोन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दहाललाई भेटेर राजीनामा बुझाएका छन् ।
अब बिद्युत प्राधिकरण पुनः प्रमुख बिहीन भएको छ, नया प्रबन्ध निर्देशक बन्नको लागी उर्जा मन्त्रालय, प्रधानमन्त्री पुष्पकमल दहालको कार्यालय र निवासमा माफीयाहरु धाईरहेको बुझिएको छ ।

उनको कार्यसम्पादन मूल्यांकन कमजोर रहेको भन्दै विहीबारको मन्त्रिपरिषद बैठकमा छलफल भएको थियो । त्यसको भोलिपल्टै काफ्लेले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएका हुन् ।

उनी सुशील कोइराला नेतृत्वको सरकारको पालामा विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए । काफ्ले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत हुन् ।