अन्तर्राष्ट्रिय

अमेरिकामा लगातार बम विष्फोट !

एजेन्सी– अमेरिकाको न्युयोर्कमा आइतबार बिहान बम विष्फोट भएको छ । बम विष्फोटमा परेर केही मानिसहरु घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

अमेरिकाको ठूला शहरहरुमध्ये एक न्युयोर्कको म्यानहटनमा रहेके २३ स्ट्रिट र सिक्सथ एभिन्युमा विष्फोट भएको अमेरिकी टेलिभिजन सिएनएनले सरकारी अधिकारीहरुलाई उदृत गर्दै जनाएको छ ।

नेपाली समयअनुसार आइतबार बिहान पौने ३ बजे भएको सो विष्फोट कसले र किन गराएको भन्ने कारण भने खुल्न नसकेको सञ्चारमाध्यामहरुले जनाएका छन् ।

केही घण्टाअघि अमेरिकाकै न्युजर्सीमा बम विष्फोट भएको थियो ।