काठमाडौं । मानव बेचविखन तथा ओसारपसार मुद्दामा कारागार चलान भएको एक महिला २० हजार धरौटी रकम तिर्न नसक्दा ६ वर्षीय छोरासहित जेलमा बस्न बाध्य भएकी छिन् । नवलपरासी कावासोती घर र लमजुङ विचौर माइती वताउने ३५ वर्षीय सुकमाया मिजारसँगै उनका ६ वर्षीय छोरा सुजन मिजार जेलमै बस्न बाध्य भएका हुन् ।
लमजुङ जिल्ला अदालतले २०७३ भदौ ८ गते उनीमाथि लागकेको मानव बेचविखा तथा ओसारपसार मुद्दामा २० हजार रुपैयाँ धरौटी तिर्न आदेश दिएको थियो । उक्त रकम जुटाउन नसकेपछि उनी छोरासहित जेल परेकी हुन् ।
आमासँगै जेलमा बस्दा सुजनको पढाइ प्रभावित भएको छ । बालबालिकालाई जेलमा राख्न नपाउने प्रावधान भएपनि उनको उद्धारको लागि बालबालिकाका क्षेत्रकमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायबाट भने खासै चासो देखाइएको छैन भन्दै सोमबारको अन्नपूर्ण पोष्टमा समाचार प्रकाशित गरिएको छ ।