मनोरञ्जन

बलिउड अभिनेता सलमान खानलाई जुत्ताको माला !

एजेन्सी– संसारभर परिचित छन् बलिउड सुपरस्टार सलमान खान । उनको परिचयका बारेमा धेरै लेखिरहनुपर्दैन । उनका विषयमा विभिन्न खबरहरु पनि बाहिर आइरहेका हुन्छन् । तर यो पटक भने स्टार खानका बारेमा अलि अनौठो किसिमको खबर बाहिर आएको छ ।

त्यो खबर के भने उनको गलामा जुत्ताको माला लगाइएको तस्वीर बाहिर आएको छ । तर स्टार खानलाई गलत कामका कारण जुत्ताको माला लगाइएको भने होइन ।

यो प्रसंग अलि फरक किसिमको छ । एक दिन स्टार खान आफ्नै बहिनी अर्पिता र उनको परिवारसँग रमाइरहेका थिए । सो क्रममा उनले आफ्ना भान्जासँग जिस्किदै गर्दा उक्त तस्वीर रमाइलोका लागि खिचिएको थियो उक्त तस्वीर बहिनी अर्पिताले बाहिर सार्वजनिक गरेकी थिइन् ।

सामाजिक सञ्जालमा भाईरल बनेको यो तश्विर अर्पिताले आफ्नो दाजु, श्रीमान र बच्चालाई एकसाथ सेयर गर्दै यो तश्विर पोष्टेकी थिईन् । यो तस्वीर अहिले संसारभर भाइरल भैरहेको छ ।