आर्थिक

एनसेल मेलाले धरानेलाई मनोरञ्जन दियो

सुर्यखबर सँबाददाता,
काठमाडौं । देशकै प्रमुख मोवाइल सेवाप्रदायक कम्पनी दाबी गर्ने एनसेलले नजिकिदै गरेको चाडपर्वको अवसर पारेर आयोजना गरेको एनसेल मेला २०७३ धरानआईपुगेको छ । आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग खुशीयाली साट्न र चाडपर्वको शुभकामना आदानप्रदान गर्न एनसेलले बिहीबार पब्लिकहाईस्कुल मैदान, धरानमा यो मेलाआयोजना गर्न लागेको जनाएको छ ।
नारायणगढ, पोखरा र बुटबलमा दर्शक तथाआगन्तुकहरुलाई भरपुर मनोरन्जन प्रदानगर्दै मन जित्न सफल भएको एनसेलले दाबी गरेको यो मेलाले धरानका दर्शकहरुलाई पनि उतिकै रोचक र गीत संगीतमय रमाईलो भेटघाटको अवसर प्रदानगर्ने विश्वास लिईएको छ । चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलामा रहेनछन् ।

धरानपश्चातएनसेल मेला असोज ८ गते बिर्तामोडमा पुगेर आयोजना पश्चात समापन हुनेछ । “तीनशहरहरुमा भव्यआयोजना पश्चात पुर्वमानजिकिदै गरेको चाडपर्वको अवसरमा आफ्नो ग्राहकहरुसँग शुभकामनाआदानप्रदानगर्न र खुसीयाली साट्न यो मेलाआयोजनागरिदैछ,” एनसेलकाकर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “मनोरन्जनात्मक कार्यक्रमहरुले भरिपुर्ण एनसेल मेलाले सबैलाई खुसी बाँड्ने र परिवारजन, आफन्त र साथीभाईसँग नजिक रहनथपउर्जा प्रदानगर्ने कुरामा हामी विश्वस्त छौ । ”