काठमाडौं । दसैं तिहारको छुट्टीमा अधिकांश विद्यार्थी, साथीभाइ र आफन्तसँग रमाइलो गर्न मन पराउँछन् तर, बझाङ चिरबुंगल क्षेत्रका विद्यार्थी भने यही बेला भारत पस्छन् मजदुरी गर्न ।दसैं तिहारमा हुने लामो विदालाई उनीहरूले केही रकम कमाउने अवसरका रूपमा लिन्छन् र एक महिना भारतको उत्तराञ्चलमा मजदुरी गरेर लुगाफाटो र मरमसला जोडेर र्फकने गरेका छन् ।
अर्धवाषिर्क परीक्षापछि असोज १३ गते दसैं विदा भएर विद्यालय एकैपटक कात्तिक १७ गते खुल्ने जानकारी पाएपछि देवेश्वरी उच्च मावि, देउखेलमा पढ्ने सात विद्यार्थी भारत हिँडे ।
बझाङबाट रात्री बस चढेका उनीहरू श्रीभारको डोले होटलमा बुधबार नास्ता खाँदै थिए ।
त्यसबेला एउटा टोली गइसकेको र आफूहरू दोस्रो टोली भएको कक्षा नौ मा पढ्ने ललित महराले जानकारी दिए ।
ललितले गतवर्ष पनि दसैं तिहार विदामा भारत गएर ६ हजार रूपैयाँ कमाएका थिए भन्दै शनिबारको अन्नपूर्ण पोष्टमा समाचार प्रकाशित छ ।