आर्थिक

उद्योगपति बिनोद चौधरीको निधनको समाचार गलत

सुर्यखबर सँबाददाता,

काठ्माण्डौ । सँसारका सबैभन्दा धनीहरुको नामा बर्षेनी सार्बजनिक गर्ने फोब्र्स पत्रिकामा नाम लेखाउन सफल नेपालका एकमात्र अरबपति उद्योगपति बिनोद चौधरीको निधन भएको भनी आएको समाचार गलत पुष्टी भएको छ । टेलिग्राफ डट् कम्ले प्रकाशित गरेको उक्त समाचार गलत भएको बिनोद चौधरीका स्वकीय सचिब संजयसिँह बस्नेतले बताउनुभएको छ ।

लण्डनमा उपचारको क्रममा चौधरीको मृत्युभएको कुरालाई निराधार भन्दै उक्त कुराको खण्डन गरेका छन् । चौधरी ग्रुपमा कम्युनिकेसन महाप्रबन्धक मधुसुधन पौडेलले समेत बिनोद चौधरी काठ्माण्डौमा नै रहेको र आरामसँग आफ्नो काम गरिरहेको बताउनुभएको छ । उक्त अनलाईनले केहि महिना पहिला बेलायतकी महारानीको समेत मृत्युभएको समाचार प्रकाशन गरेको थियो ।

अनलाइन पत्रिकामा प्रकाशित समाचार जस्ताको तस्तै-:

binod-chaudhary_telegraph_f