आर्थिक

पोखरामा गैरकानूनी रुपमा बस्ने पर्यटक बढे

काठमाडौं । पोखरामा पछिल्लो समयमा गैरकानुनी रुपमा बस्ने पर्यटकको संख्या बढेको समाचार छ ।

लामो समय पोखरा बसेका पर्यटकको गतिविधि अनुगमन नगर्दा यो अवस्था आएको पर्यटन व्यवसायीले बताएका छन् ।

अध्यागमन कार्यालय पोखराको आयोजनामा स्थानीय पर्यटन व्यवसायीसँग भएको अन्तरक्रिया पश्चिमाञ्चल क्षेत्रीय होटल संघका अध्यक्ष भरतराज पराजुलीले पोखरामा व्यापारिक भिसा नलिएरै व्यापार गर्ने, भिसा अवधि सकिएर पनि लामो समय बस्ने पर्यटक बढ्दै गएको पाइएको छ ।

पोखरामा कतिपय पर्यटकले व्यापारिक भिसा लिएर व्यापार गरेका छन् भने सरकारी तथ्यांक छैन ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पोखराका अध्यक्ष रामचन्द्र शर्माले लामो समय बस्ने पर्यटकको गतिविधि अनुमान नगर्दा पोखरामा गैरकानुनी रुपमा बस्ने पर्यटकहरु बढ्दै गएको बताएको भन्दै आइतबारको अन्नपूर्ण पोष्टमा समाचार लेखिएको छ ।