अन्तर्राष्ट्रिय

उत्तर कोरियाले मिसाइल हान्यो, दक्षिण कोरियाको सातो उड्यो

एजेन्सी । अमेरिका र दक्षिण कोरियाले संयुक्त सैनिक अभ्यासको विरोधमा उत्तर कोरियाले ३ छोटो दुरिका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार उसले सोमबार दक्षिण कोरियाको पूर्वी तटीय क्षेत्र भन्दा ५०० किलो मिटर टाढा क्षेप्यास्त्र प्रहार गरेको हो।

उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि दक्षिण कोरियामा सुरक्षा शतर्कता उच्च पारिएको छ ।

उत्तर कोरियाका शासक किम जोंग उनले केही दिन यता आक्रामक गतिविधी र बोली बढाउँदै लगेका र दक्षिण कोरिया विरुद्ध आक्रामक अभिब्यक्ति दिइरहेका छन् ।
दक्षिण कोरियाका अनुसार उत्तर कोरियाले बनाएको पछिल्लो रकेटले १० हजार किलोमिटर सम्म मार हान्ने क्षमता राख्छ । यो भनेको अमेरिकाको हवाइ र उत्तरपश्चिमी तटीय क्षेत्र सम्म पर्छ ।