खेलकुद

स्पेनको सानदार सुरुवात

काठमाण्डौ । विश्वकप २०१८ को छनौट प्रतियोगितामा स्पेनले शानदार सुरुवात गरेको छ । सोमबार राति भएको खेलमा उसले लिकटनस्टाइनसँग भएको खेलमा जित हासिल गरेपछि उसले शानदार सुरुवात गरेको हो ।

लिकटनस्टाइनमाथिको आफ्नो पहिलो खेलमा स्पेनले ८–० को जित निकाल्न सफल भएको थियो । सो खेलमा स्पेनका डिएगो कोस्टा, सिल्भा र मोराटाले समान २ गोल गर्न सफल भएका थिए ।

खेलमा स्पेनले १० औं मिनेटमा कोस्टाको गोलबाट अग्रता लिएको थियो । तर, पहिलो हाफमा थप गोल गर्न सकेन । बाँकी सात गोल दोस्रो हाफमा सम्भव भयो । ५५ औं मिनेटमा रोबर्टो, ५९ मा सिल्भा, ६० औ मिनेटा भिटोलोले गोल गरेका थिए ् ।

६७ औं मिनेटमा कोस्टाले व्यक्तिगत दोस्रो गोल गरे । ८२ र ८४ औं मिनेटमा मोराटाले गोल गरे भने ९० औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गरेपछि स्पेन ८-० ले विजयी भयो ।