आर्थिक

नबिल बैंकद्वारा ३०% बोनस शेयर तथा १५% नगद लाभांश वितरण गर्ने

काठ्माण्डौ । मंगलबार बसेको नबिल बैंक लिमिटेडको संचालक समितिको बैठकले शेयरधनी महानुभावहरुलाई ३० प्रतिशत बोनश शेयर तथा १५ प्रतिशत नगद लाभांश वितरण गर्न आगामी साधारण सभामा प्रस्ताव गर्ने भएको छ ।

आर्थिक बर्ष २०७२÷७३ मा बैंकको संचालन मुनाफा ४ अर्ब ३५ करोड रहेको छ जुन बैंकहरु मध्येकै सबै भन्दा बढी हो । त्यस्तै बैंकको खुद मुनाफा २ अर्ब ८२ करोड रहेको छ जुन अघिल्लो वर्ष भन्दा ३५५ ले वृद्घि भई बैंकहरुमा अग्रणी भूमिका कायम राख्न सफल रहेको छ ।

मुलुकको पहिलो संयुक्त लगानीको बैंकको रुपमा स्थापित नबिल बैंकले उपभोक्ताको आवश्यकतालाई मध्य नजर गर्दै विविधतायुक्त सेवा÷सुबिधा प्रदान गर्ने कार्यमा सदैव अग्रणी भूमिका खेल्दै आएको छ । नवीन प्रविधिको ग्रहण, वासलातको आकार र गुणस्तर, शाखाहरु र एटिमहरुको व्यापक सञ्जाल र ग्राहकहरुकोे सन्तुष्टि प्रति समर्पित पारङ्गत दक्ष पेशाकर्मीहरु नै नबिल बैंक सधैं अग्रणी बैंक बन्नुको आधार हो । नबिलले नयाँ र नवीनतम सेवाहरु एवं योजनाहरु प्रस्तुत गरेर सदैव आफूलाई अब्बल बैंक साबित गर्दै आएको बैँकले जनाएको छ ।