आर्थिक

मेगा बैंकद्धारा युवाहरुलाई बचत गर्ने बानी बसाल्न बिशेष अभियान शुरु

तुलसा खनाल

काठमाडौं । मेगा बैंकले नानीमा लागेको बानीः आज बचाउँ– जिन्दगीभरी रमाउँ’ नामक बिशेष अभियानको थालनी गरेको छ ।

मेगा बैकका कार्यकारी अधिकृत अनिल केसरी शाहले शुभारम्भ गरेको उक्त अभियानले मुलुकका सबै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई बैँकिगं कारोबारमा सहज पुग्ने बैँकको उद्येश्य रहेको बताईएको छ ।

सिईओ शाहका अनुसार– ‘मेगा बैंकले वित्तीय समावेशितालाई बगितदेखि नै आफ्नो मुख्य लक्ष्य बनाउँदै आएको छ । वित्तीय समावेशिताको पहिलो खुड्किला खाता खोल्दादेखि नै सुरु हुन्छ । सानो उमेरदेखि नै बचत गर्ने बानी विकास भएमा जिन्दगीभर त्यो बानी रहिरहन्छ ।’ मेगा बैँकको शुरुवातीमा खोलिएको एउटा स्कुललाई स्मरण गर्दै शाहले थपेका छन् ।
मेगा बँैकले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र चर्चित अभिनेत्री प्रियंका कार्कीलाई ‘मेगा सेभिङ स्टार’ नियुक्त समेत गरेको छ । नबनियुक्त सेभिङ स्टार’ स्टारहरुलाई देशभरका स्कुल र कलेजका बिद्यार्थीहरुमाझ पठाएर युवाहरुलाई मेगा बैंकमा खाता खोली बचत गर्न अभिप्रेरित गराउने लक्ष रहेको सिईओ शाहको भनाई छ ।

कार्यक्रममा क्रिकेटर खड्का र अभिनेत्री कार्कीले मेगाबेँकको अभियानमा साथ दिएकोमा खुसी लागेको बताउदै नानीदेखि नै बचत गर्ने बानी बसाउने अभियानले मेगा बैंकलाई मात्र नभएर समाज र मुलुकलाई नै फाईदा पुग्ने दाबी गरेका छन् ।

‘ एउटा एक्सटेन्शन काउन्टरसहित ४५ वटा शाखा र ४५ वटा एटीएम सञ्जाल बिस्तार गरि मुलुकभर बैंकिगं सेवा दिन सफल मेगा बैंकको अभियानले सफलता पाउने सिईओ अनिलकेसरी शाहको दृढ बिश्वास छ ।