राजनीति

पूर्वराजा ज्ञानेन्द्रले भव्य सम्मेलनको उद्घाटन गर्दै

काठमाण्डौ । पूर्व राजा ज्ञानेन्द्र शाहले बिहीबार विश्व हिन्दु महासंघ अन्र्ताष्ट्रिय समितिले आयोजना गरेको सम्मेलनको भव्य कार्यक्रमका बीच उद्घाटन गर्दैछन् । विश्वका एक दर्जनभन्दा बढी देशका प्रतिनिधिहरु सहभागी हुने सो सम्मेलनको शाहले वनकालीमा उद्घाटन गर्न लागेका हुन् ।

राजासहितको हिन्दु राष्ट्रको माग गर्दै आएको सो महासंघले पछिल्लो समयमा उक्त मुद्धालाई सैद्धान्तिकरण समेत गर्दै लगिरहेको छ । सम्मेलनको उद्घाटन्पछि महासंघको नेपाल प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र हुने जनाइएको छ ।