खेलकुद

बार्सिलोनाको शानदार जित

एजेन्सी– जारी च्याम्पियनसिप लिग फुटबल प्रतियोगितामा बार्सिलोनाको शानदार जित भएको छ । स्टार लिओनल मेस्सीको ह्याट्रिक मद्धतमा म्यानचेष्टर सिटीमाथि बार्सिलोनले शानदार जित हात पारेको हो ।

सुरुमा राम्रो प्रतिपर्धी देखिएको सिटी विरुद्ध बार्सिलोनाका मेस्सीको सहयोगमा ४–०ले लज्जास्पद हार बेहोरेको थियो । सिटीका खेलाडीको गल्तीको फाइदा उठाउँदै मेस्सीले १७ औं मिनेटमा खाता खोल्न सफल भएका थिए । भ्रमणकारी टोलीले अर्को झड्का जब ब्यहोर्योक, जतिबेला उसका गोलकिपर ब्राभोले रातो कार्ड पाए ।

डि बक्स बाहिर हातले बल समाएकोमा उनी दण्डित भएका थिए । खेलको ५३ औं मिनेटमा १० खेलाडीमा सिमिति सिटीले ९ मिनेटपछि दोस्रो गोल खायो । ६९ औं मिनेटमा मेस्सीले हृयाट्रिक पुरा गर्न सफल भएका थिए ।