राजनीति

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाण्डौ । बिहीबार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपरान्ह २ बजे बैठक सुरु हुने बताइएको छ । बैठकमा समसामयिक राजनीतिक विषयहरुमा छलफल हुने श्रोतले बताएको छ ।
बैठक विशेषगरी संविधान संशोधन र स्थानीय तह निर्धारणको विषयमा केन्द्रीत रहने कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।