समाचार

डेंगु रोगबाट त्रसित नहुन स्वास्थ्य मन्त्रालयको आव्हान

काठमाण्डौ । स्वास्थ्य मन्त्रालयले १३ जिल्लामा डेँगु प्रभावितको सङ्ख्या बढ्दै गएकाले सर्तक हुन तर त्रसित नहुन आग्रह गरेको छ ।
मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यले आइतबारभन्दा सोमबार डेँगु प्रभावितको सङ्ख्या बढेको जानकारी दिए।
उनका अनुसार झापामा डेँगुबाट आइतबार ३४ जना मात्रै प्रभावित देखिएकामा सोमबारसम्म प्रभावितको सङ्ख्या १०० पुगेको छ ।
ज्वरो आउने र शरीर शिथिल भएमा तत्काल अस्पताल जानसमेत उनले सबैलाई अनुरोध गरे। उनले डेंगु लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले घर वरिपरि लामखुट्टे नआउने वातावरण बनाउन आग्रह गरे।
झापा, चितवनलगायत केही जिल्लामा डेंगुको सङ्क्रमण पुष्टि हुनासाथ डेँगुविरुद्धको विशेष अभियान चलाइएको छ । महाशाखाका अनुसार चितवनमा ३६७, झापा १००, पर्सामा तीन, काठमाडौँ, रुपन्देही र कैलालीमा दुईरदुई जनामा सङ्क्रमण देखिएको छ । त्यसैगरी ललितपुर, धादिङ, काभ्रे, कास्की, स्याङ्जा, बागलुङ, बारा र सप्तरीमा एक÷एक जनामा डेँगुको सङ्क्रमण पुष्टि भएको छ ।
डेँगु नियन्त्रण र प्रभावितलाई उपचारका लागि सबै ठाउँमा आवश्यक कीट, औषधिलगायत उपचार सामग्रीसहित चिकित्सकको टोली खटाइएको डा आचार्यले जानकारी दिए। रासस