६ साउन, काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशका प्रधानसेनापति ओलेक्सान्डर सिरस्कीलाई पदमुक्त गरेका छन् ।
लोकप्रिय रक्षामन्त्री मिखाइलो फेदोरोभलाई पदबाट हटाइएपछि देशभर सुरु भएको सडक प्रदर्शनको केही दिनमै जेलेन्स्कीले यो निर्णय लिएका हुन् । ३५ वर्षीय फेदोरोभले रक्षा मन्त्रालयमा नयाँ ऊर्जा भर्ने, सशस्त्र बलमा रूपान्तरण ल्याउने तथा भ्रष्टाचारविरुद्धको अभियानको नेतृत्व गर्ने कामका कारण व्यापक प्रशंसा पाएका थिए ।
अर्कोतर्फ, ६० वर्षीय सिरस्कीलाई भने युक्रेनी सेनाभित्र आमूल परिवर्तन गर्न इच्छुक नरहेका सोभियत शैलीका कमान्डरका रूपमा हेरिँदै आएको थियो।उनको स्थानमा ४३ वर्षीय मिखाइलो ड्रापातीलाई नियुक्त गरिएको छ । उनी युद्ध कौशलमा अनुभवी जनरलका रूपमा परिचित छन् ।
ड्रापातीले सिरस्कीलाई युक्रेनी सेनालाई बलियो बनाउन निरन्तर गरेको योगदानका लागि धन्यवाद दिँदै थपे,ुुम यही सेनामा हुर्किएको हुँ,ुुमंगलबार अबेर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा जेलेन्स्कीले सिरस्कीलाई उनका सैन्य अभियानका लागि धन्यवाद दिएका छन् ।





