मनोरञ्जन

बलिउड अभिनेत्री प्रियंकाको न्युयोर्कमा भव्य तयारी

एजेन्सी– बलिउड अभिनेत्री प्रियंक चोपडा भारतीय रंगमञ्चमा मात्र होइन, विश्व रंगमञ्चमा स्थापित सुपर स्टार नायिका हुन् । उनका बारेमा बेला–बेलामा नयाँ–नयाँ खबरहरु बाहिर आइरहेका हुन्छन् । प्रेमका अतिरिक्त उनको जीवन र जवानीका बारेमा थुप्रै कथाहरु निर्माण हुने गरेका छन् । जसले कहिलेकाही त बलिउड क्षेत्रमै ठूलै तरंग ल्याइदिन्छ ।

पछिल्लो समयमा फेरि उनै प्रिंयकाबारे नयाँ खबर आएको छ । यद्यपि, यो उनको नितान्त निजी र पारिवारिक खबर हो । उनको घर र अपार्टमेन्ट फ्ल्याटमा बस्ने शैलीका बारेमा पनि विभिन्न समाचार बन्ने गरेका छन् । यो पटक पनि प्रिंयकाको सोही विषयमा नयाँ समाचार बाहिर आएको छ ।

केही दिनअघिसम्म हलिउड फिल्म सुटिङमा व्यस्त रहँदा अत्यन्तै महंगो फ्ल्याटमा बसिरहेकी उनले भर्खरै अर्को नयाँ र सुविधासम्पन्न अपार्टमेन्ट लिएको जनाइएको छ । तर उनले यो पटक भने क्यानडामा नभई न्युयोर्कमा सुविधासम्पन्न अपार्टमेन्ट लिएकी हुन् । त्यसका लागि निकै सम्झौता गरेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

यता, भारतको मुम्बईमा अभिनेत्री चोपडाले केही समयअघि निकै सुविधा सम्पन्न बंगला खरिद गरेकी थिइन् । सो बंगलाको भने अहिले थप मर्मत भैरहेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । त्यसका लागि उनले एकसय करोड सम्म खर्च गर्ने तयारी गरेको बताइएको छ ।