मनोरञ्जन

धुर्मुस–सुन्तलीको फिल्म देखाउन मन्त्रालयको निर्देशन

काठमाण्डौ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको चलचित्र प्रदर्शन गर्न गराउन जिल्ला विकास समितिहरुलाई परिपत्र गरेको छ ।

फाउन्डेसनद्वारा निर्मित सो चलचित्र ‘प्रथम नेपाली बालमैत्री चलचित्र’ भएको दाबी गर्दै मन्त्रालयले प्रदर्शनका लागि आवश्यक व्यवस्था मिलाइदिन १६ वटा जिल्लालाई परपत्र गरेको हो ।

मन्त्रालयले हाल ललितपुर, काभ्रे, सिन्धुपाल्चेक, रामेछाप, दोलखा, नुवाकोट महोत्तरी लगायतका जिल्लालाई परिपत्र गरेको छ ।

फाउन्डेसनको सो चलचित्रमार्फत बालमैत्री स्थानीय शासनको प्रवर्द्धन तथा विस्तार हुने जनाउँदै जिल्ला विकास समितिहरुलाई फिल्म प्रदर्शको आवश्यक व्यवस्था मिलाउन आग्रह गरिएको छ भन्दै शनिबारको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।