पु.समाचार

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालनै पीडित

काठमाण्डौ । देशमा साइबर अपराधका पीडितको संख्या उल्लेख्य र बढ्दो छ । सुन्दा अचम्म लाग्न सक्छ, पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउने निकाय प्रहरीका प्रमुखसमेत साइबर अपराधबाट पीडित छन् ।

नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आफू सामाजिक सञ्जालमा आउने गतल सूचना, समाचार र स्टाटसबाट पीडित रहेको खुलाएका छन् ।

महानगरीय प्रहरीको ११ औं वार्षिकोत्सवमा महानिरीक्षक अर्यालले सामाजिक सञ्जालमा आएका भ्रामक सूचनाको पछि नलाग्न मातहतका अधिकारीदेखि जवानसम्मलाई आह्वान गरे ।

उनले सामाजिक उञ्जालले अपराध समेत बढाएको भन्दै नियन्त्रणका लागि निर्देशन समेत दिए  भन्दै बिहीबारको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।